नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार पुग्यो

नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १२ हजार पुगेको छ। पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएपछि मृत्यु हुनेको कुल संख्या १२ हजार पुगेको हो।

नेपालभ्युज

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार पुग्यो

काठमाडौं। नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १२ हजार पुगेको छ। पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएपछि मृत्यु हुनेको कुल संख्या १२ हजार पुगेको हो।

पछिल्लो चौबिस घण्टामा नेपालमा २ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ३ हजार ८३३ जनाको स्वास्थ्य परीक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो। हाल देशमा सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ३१३ रहेको मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved