शिक्षण अस्पतालबाट हतकडीसहित भागेका कैदी लुभुबाट पक्राउ

नेपालभ्युज

शिक्षण अस्पतालबाट हतकडीसहित भागेका कैदी लुभुबाट पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट हतकडीसहित भागेका नख्खु कारागारका कैदी लुभुबाट पक्राउ परेका छन्।

रामेछाप पिल्पुङग गाउँपालिका वडा नम्बर २ का ३१ वर्षीय भोला बुढाथोकी फरार भएका थिए। उनलाई बिहीबार बिहान ७ बजे ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभुबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए।

उनी २०७२ सालदेखि नख्खु कारागारमा कर्तव्यज्यान मुद्दाको कैद भुक्तान गर्दै आएका छन्।

आँखाको उपचारको लागि उनलाई बुधबार महाराजगन्ज लगिएको थियो। हतकडीसहित कैदी भागेपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयले कारागार प्रमुखलाई जिम्मेवारीबाट खटाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved