संरचना भत्काउनुअघि ३५ दिने सूचना जारी गरेका थियौंः बालेन

'संरचनाका मालिकहरूबाट क्षतिपूर्ति भराउँछौं'

नेपालभ्युज

संरचना भत्काउनुअघि ३५ दिने सूचना जारी गरेका थियौंः बालेन

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले अनधिकृत स‌ंरचनाहरू भत्काउनु अघि ३५ दिने सूचना जारी गरेको स्पष्ट पारेका छन् ।

बुधबार दिनभरी काठमाडौं महानगरभित्रका विभिन्न स्थानमा अनधिकृत संरचना भत्काएपछि साँझ एक स्टाटस अपडेट गर्दै मेयर शाहले उक्त कुरा स्पष्ट पारेका हुन् । ‘हामीले एक्कासी अनधिकृत संरचनाहरु भत्काउन सुरु गरेका होइनौँ, ३५ दिने सूचना जारी गरेका थियौँ,’ उनले लेखेका छन्, ‘तर सो अवधिमा कुनै पनि किसिमका छलफल, सरसल्लाहमा लागि कोही पनि सम्पर्कमा नआउनु भएको तितो अनुभव हामीसँग छ ।’

अनधिकृत संरचनाहरुप्रतिको महानगरको अनुगमन लगायतका गतिविधि सँधै जारी रहने मेयर शाहले बताएका छन् ।  उनले भनेका छन्, ‘यसैले हामी अनुरोध गर्दछौँ कि अनधिकृत संरचनाहरु नबनाइयोस्, बनाएका अनधिकृत संरचनाहरु आफैले भत्काउनुहोस् । यसका साथै त्यस्ता संरचनाहरु भाडामा लगाउने नगरियोस् ।’

अनधिकृत संरचनाहरुका भाडावालहरुलाई पर्न गएको असुविधाप्रति उनले दुःख व्यक्त गरेका छन् । ‘त्यस्ता संरचनाहरु भाडामा लगाएर भाडावाललाई आर्थिक क्षति पुर्‍याएबापत् हुन सक्ने कानुनी कारबाही खोजी गरेर अनधिकृत संरचनाका मालिकहरुबाट क्षतिपूर्ति गराउने तर्फ महानगरले हदैसम्मको पहल गर्ने विश्वास दिलाउँन चाहन्छौँ,’ मेयर शाहले भनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved