भारतको महाराष्ट्र विधानसभामा सांसदबीच मुक्का हानाहान

नेपालभ्युज

भारतको महाराष्ट्र विधानसभामा सांसदबीच मुक्का हानाहान

काठमाडौं । भारतको महाराष्ट्र विधानसभामा बुधवार सांसदहरुबीच हात हालाहाल भएको छ । शिवसेनाको शिंदे गुट र विपक्ष दलका सांसदबीच धक्का-मुक्की र हात हालाहाल भएको हो ।

दुबै पक्षले एक अर्कालाई झडप सुरु गरेको आरोप लगाएका छन् । विधानसभामा विपक्षीको नाराबाजीलाई लिएर विहानैदेखि भाजपाका सांसदले धर्ना दिइरहेका थिए । उनीहरुले अघिल्लो सरकारविरुद्ध नारावाजी समेत गरिरहँदा विपक्षी सांसद पनि प्रतिकारमा उत्रिएका हुन् । दुबै तर्फबाट नारावाजी चलिरहँदा सांसदहरुबीच झडप भएको बीबीसी हिन्दीले जनाएको छ ।

भिडियोमा विपक्षी सांसदले, ‘५० खोके एकदम ओके’ भन्ने नारा लगाइरहेको सुनिन्छ । महाराष्ट्रमा एकनाथ शिंदे की अगुवाईमा शिवसेनाका बाग़ी विधायकले भाजपासँग मिलेर गठबन्धन सरकार बनाएका छन् । पहले शिवसेना, एनसीपी र कांग्रेसको सरकार थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved