काठमाडौं। अफ्रिकी देश कंगोमा इबोला भाइरसका नयाँ संक्रमित फेला परेका छन् । एजेन्सीका अनुसार कंगोमा एकजनामा सोमबार इबोला भाइरसको संक्रमण पुष्टि भएको हो ।
कंगोको स्वास्थ्य मन्त्रालयले कंगोको उत्तरी प्रान्त किभुमा इबोला भाइरसको संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।
यसअघि पनि गत जुलाईमा ४६ वर्षका एकजना पुरुषमा इबोला भाइरसको सङ्क्रमण देखिएको थियो। इबोलाकै कारण उनको यही अगष्ट १७ मा निधन भएको सो मन्त्रालयले जनाएको थियो।
यसअघि पनि सन् २०१८ र सन् २०१९ मा अफ्रिकी मुलुक कंगोका दुई उत्तरी प्रान्त किभु र इतुरीमा इबोला भाइरसको ठूलो संक्रमण भेटिएको थियो ।
सो संक्रमणमा परी यहाँका तीन हजार आठ सयभन्दा बढी व्यक्ति प्रभावित भएका थिए । उक्त समय अफ्रिकाका अन्य देशमा पनि इबोलाको संक्रमण पाइएको थियो । जसमा हजारौँ व्यक्तिले ज्यान गुमाएका थिए ।
Facebook Comment
Comment