काठमाडौं । लोकप्रिय बियर ब्रान्ड टुबोर्ग र संगीतको वर्षौंबाट गहिरो सम्बन्ध चल्दै आइरहेको छ। टुबोर्गले वर्षौंदेखि संगीत क्षेत्रको उत्थानका लागि काम गर्दै आइरहेको छ।
यस क्रममा टुबोर्गले गत पाँच वर्षदेखि टुबोर्ग ओपेन क्याम्पेनद्वारा निरन्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारसँग संलग्न भई संगीत क्षेत्रको पनि उत्थान हुँदै आएको छ। टुबोर्ग ओपन अभियान टुबोर्ग उत्पादन फैलिएका विभिन्न देशमा छैटौं पटक हुँदैछ भने नेपालमा यो पाँचौंपटक हुनेछ। टुबोर्ग ओपनको हरेक वर्ष एउटा मुख्य थिम हुन्छ।
यो वर्षको थिम भने टेक द स्टेज छ। जसमा विश्वप्रख्यात कलाकारले यदीयमान स्वदेशी कलाकारलाई मार्गदर्शन गरी संगीतको मूल भावलाई जोड्दै लोकप्रिय कलाकार कसरी बन्न सकिन्छ भन्ने टिप्स दिएका छन्।
टुबोर्गले यसपटक लोकप्रिय अमेरिकन संगीतकर्मी जेसन डेरुलोलाई टुबोर्ग ओपनमा जोडेको छ। उनीसँगै जोडिएका छन् नेपालका उदीयमान कलाकार भेक। जेसन डेरुलो अमेरिकी गायक तथा गीतकार हुन्। उनले आफ्नो पहिलो एकल गीतबाटै अन्तर्राष्ट्रिय ख्याति कमाएका थिए भने सो गीत अमेरिका र न्युजिल्यान्डमा नम्बर एकमा पुग्न सफल भएको थियो। उनका जलेबी बेबी, स्वाला, स्याभेज लभजस्ता थुप्रै गीत हिट छन्।
भेक नेपाली सांगितीक आकाशमा पछिल्लो पुस्ताका लोकप्रिय उदयीमान संगीतकर्मी हुन्। उनले पनि छोटो समयमै लोभलाग्दो लोकप्रियतासँगै क्रेज कमाएका छन्। उनको एक्लै जिउन सिके”, “मायालु, लै बरी लैजस्ता गीत हिट छन्। टुबोर्ग ओपन २०२२ अन्तर्गत गत महिना जेसन डेरुलोसँग अमेरिकाको लस एन्जलसमा भेकले मेन्टरसिप प्राप्त गरी नेपाल फर्केका छन्। जेसन डेरुलोको मार्गदर्शनपश्चात भेकले यो वर्षको लागि एउटा नयाँ गीत तयार पार्दै छन्।
जुन आगामी केही महिनामा सार्वजनिक हुनेछ। टुबोर्ग र संगीतको नाता नेपाली सांगीतक क्षेत्रमा एकदम गहिरो हुनुका साथै कयौं वर्षदेखि यो अटुट सम्बन्ध कायमै छ। चाहे त्यो संगीतको विधा रक होस्, क्लासिक होस्, दोहोरी होस् अथवा इडिम नै किन नहोस्, टुबोर्गले सधै संगीतलाई सपोर्ट गर्दै आएको छ। यसपालि पनि सोही सम्बन्धलाई अघि लगी टुबोर्गले संगीतद्वारा देश तथा विदेशमा रहेका कलाकारलाई जोड्न सफल भएको गोर्खा ब्रुअरीका मार्केटिङ डाइरेक्टर आशिष विष्ट बताउँछन् ।
Facebook Comment
Comment