पाकिस्तानमा मिसाईल हान्ने भारतका ३ जना सेना बर्खास्त

भारतीय वायु सेनाका ३ जनाले आफूहरुको गल्तीका कारण मिसाईल पाकिस्तानी भूमिमा खस्न पुगेको बताएका थिए । यस घटनाको छानविन गर्न सेनाले कोर्ट अफ इन्क्वाइरी बनाएको थियो ।

नेपालभ्युज

पाकिस्तानमा मिसाईल हान्ने भारतका ३ जना सेना बर्खास्त
फाइल तश्वीर

नयाँ दिल्ली। पाकिस्तानमा मिसाईल हान्ने ३ जना भारतीय सेना बर्खास्तमा परेका छन् । गएको मार्च २२ तारिखमा भारतले प्रहार गरेको एक ब्रम्हास्त्र नामक मिसाईल काश्मिरको पाकिस्तानी भूमिमा खसेको थियो ।

तर भारतीय वायु सेनाका ३ जनाले आफूहरुको गल्तीका कारण मिसाईल पाकिस्तानी भूमिमा खस्न पुगेको बताएका थिए । यस घटनाको छानविन गर्न सेनाले कोर्ट अफ इन्क्वाइरी बनाएको थियो । उक्त कोर्ट अफ इन्क्वाइरीले सेनाका जवानमा मापन सञ्चालन प्रक्रिया अर्थात एसओपीको पालना नभएको भन्दै उनिहरुलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

गएको मार्चमा ब्रम्हास्त्र मिसाईल ४८ हजार मिटरको उचाइबाट पाकिस्तानको हवाई क्षेत्रको १ सय किलोमिटर भित्र प्रवेश गरेको थियो । यो मिसाईल आवाज भन्दा तीन गुणा छिटो उड्न सक्छ । पाकिस्तानले यस घटनाको तत्कालै जवाफ मागेपछि भारतले सेनाको गल्तीका कारण मिसाईल खसेको बताएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved