काठमाडौं । मंगलबार दीपाको ४७ औं जन्म दिन। उनको जन्मदिनमा दीपकले फेसबुकमा दीपासँगको युगल तस्वीर सेयर गर्दै जन्मदिनको शुभकामना दिएका छन् ।
उनले मंगलबार फेसबुकमा एक भावुक शुभकामना सन्देश लख्दै आफूहरुबीचको ३० वर्ष लामो सहकार्यको समिक्षा गरेका छन् । उनले भनेका छन्,’टेलिभिजनको सानो पर्दा हूदै सिनेमा सम्मको कठिन यात्रामा तिमि थियौ, म जस्तो अव्यवहारिक मानिसलाइ जीवन सिकाउने तिमि नै थियौ ।’
उनले तिमि भन्ने शब्द नभएको भए म भन्ने शब्दको के अस्तित्व हुन्थ्यो र? भन्ने प्रश्न समेत गरेका छन् । ‘त्यसैले आजको तिम्रो जन्मदिन तिम्रो होइन, मेरो जस्तो लाग्छ ह्याप्पी बर्थ डे टू यू होइन टू मी भन्न मन लाग्छ ।’ उनले लेखेका छन् ।
यस्तो छ दीपकको फेसबुक सन्देश
हरेक वर्ष झैं आजको दिन मलाई कसैसँग शब्दहरू सापटी माग्न मन लाग्छ । किनकि मेरा स्मरणमा रहेका शब्दहरूले तिम्रो गुणगानको भारी बोक्न सक्दैनन् ! मेरा हातमा रहेका हरेक उपलब्धिहरूमा तिम्रो नाम जो कुँदिएको छ ।
हेर्दाहेर्दै अब त ३० वर्ष पनि बितेछ । तिमी धनियाँ बनेर आएकी थियौ र त रामविलास घरघरमा चर्चित बन्न पुगेको थियो । टेलिभिजनको सानो पर्दा हुँदै सिनेमासम्मको कठिन यात्रामा तिमी थियौ ।
म जस्तो अव्यावहारिक मानिसलाई जीवन सिकाउने तिमी नै थियौ । आफ्नो उपलब्धिमा भन्दा मेरो प्राप्तिमा खुसी हुने मान्छे पनि तिमी थियौ ।
समाजका तीता प्रश्नहरूको पीडालाई झेलेर लगातार साथ दिने पनि त तिमी नै थियौ ।
यो तिमी भन्ने शब्द नभएको भए म भन्ने शब्दको के अस्तित्व हुन्थ्यो र ? त्यसैले आजको तिम्रो जन्मदिन तिम्रो होइन, मेरो जस्तो लाग्छ । ह्याप्पी बर्थ डे टु यु होइन, टु मी भन्न मन लाग्छ ।
आफ्नो आँखामा आँसुको भारी बोकेर अरूको आँसु पुछ्ने यस्तो अनमोल साथीलाई जन्मदिनको लाखौं शुभकामना ।।
Facebook Comment
Comment