काठमाडौंमा १४ वर्षीया बालिका बलात्कृत, दुईजना पक्राउ

नेपालभ्युज

काठमाडौं । काठमाडौंमा एक जना १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई बलात्कार गरेको अभियोगमा भारतीय नागरिक ३१ वर्षीय ओमबाबु गुप्ता र २२ वर्षीय चन्दन गुप्तालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले ललाई फकाई एवं डरत्रास देखाई ती बालिकालाई बलात्कार गरेको खुल्न आएको छ । घटनाको उजुरीलगत्तै प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

बालिकाको नाम गोप्य राखी घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved