नेपाली राष्ट्रिय टोलीका पूर्व सदस्य सुवास खकुरेल बीबीएल क्रिकेटको ड्राफ्टमा

नेपालभ्युज

नेपाली राष्ट्रिय टोलीका पूर्व सदस्य सुवास खकुरेल बीबीएल क्रिकेटको ड्राफ्टमा

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्व सदस्य सुवास खकुरेल अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) क्रिकेटको ड्राफ्टमा परेका छन् ।

बीबीएलले सोमबार सार्वजनिक गरेको ड्राफ्टमा खकुरेलको नाम छ । यद्यपी उनी क्यानेडियन खेलाडीको रुपमा सुचीमा परेका छन् । हाल बाहिर बसे पनि आफू नेपाली नै रहेको खकुरेलको दाबी छ । उनले आयोजकको गल्तीका कारण क्यानाडाली उल्लेख भएको बताए ।

‘नेपाल क्रिकेट संघको छोटो रुप क्यानलाई उनीहरुले गल्तीले क्यानडा लेखेको हुनसक्ने खकुरेलको भनाई छ । बिग ब्यासको ड्राफ्टमा पर्ने उनी नेपालका दोस्रो खेलाडी हुन् । नेपालका कप्तान सन्दीप लामिछानेले उक्त लिग खेल्दै आएका छन् ।

खकुरलेले लिग खेल्न पाउने नपाउने भन्ने आगामी भदौ १४ गते थाहा हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved