पाकिस्तानी पूर्वप्रधानमन्त्री खानविरुद्ध मुद्दा दायर, पक्राउ पर्ने सम्भावना

राज्यका अधिकारीविरुद्ध धम्की दिएर देशको आतंकवाद विरोधी ऐन उल्लङ्घन गरेको आरोपमा प्रहरीले खानमाथि मुद्दा दायर गरेको हो । मुद्दा दायर भएपछि उनका समर्थकले विरोध प्रदर्शन गरेका छन् । खानलाई पक्राउ हुन नदिन भन्दै समर्थक उनको घरमा भेला भएका छन् ।

नेपालभ्युज

पाकिस्तानी पूर्वप्रधानमन्त्री खानविरुद्ध मुद्दा दायर, पक्राउ पर्ने सम्भावना

काठमाडौं । पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध आतंकवाद विरोधी कानुनअन्तर्गत मुद्दा दायर भएको छ । खानले आफ्ना सहयोगीलाई प्रहरी र न्यायपालिकाले थुनामा राखेर यातना दिएको आरोप लगाएपछि प्रहरी कारबाहीमा उत्रिएको हो ।

शनिबार सार्वजनिक गरिएको एक भाषणमा पूर्वप्रधानमन्त्री खानले इस्लामावादका प्रहरी प्रमुख र एक महिला न्यायाधीशलाई आफ्नो पार्टीका सहकर्मी शाहबाज गिललाई हिरासतमा राखेको र दुर्व्यवहार गरेको आरोप लगाउँदै कारबाही गर्ने चेतावनी दिएका थिए ।

राज्यका अधिकारीविरुद्ध धम्की दिएर देशको आतंकवाद विरोधी ऐन उल्लङ्घन गरेको आरोपमा प्रहरीले खानमाथि मुद्दा दायर गरेको हो ।

मुद्दा दायर भएपछि उनका समर्थकले विरोध प्रदर्शन गरेका छन् । खानलाई पक्राउ हुन नदिन भन्दै समर्थक उनको घरमा भेला भएका छन् । खानलाई पक्राउ गरेमा राजधानी कब्जा गर्ने उनका समर्थकको चेतावनी छ ।

अप्रिलमा सत्ताबाट हटाइएदेखि खानले सरकार र सेनाको आलोचना गर्दै आएका छन् । खानले इस्लामावाद उच्च अदालतमा पूर्व गिरफ्तारी जमानत माग गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved