पूर्वमिस नेपाल अनुष्का दक्षिण एसियाको उत्कृष्ट १० उद्यमी सूचीको तेस्रो स्थानमा

नेपालभ्युज

पूर्वमिस नेपाल अनुष्का दक्षिण एसियाको उत्कृष्ट १० उद्यमी सूचीको तेस्रो स्थानमा

काठमाडौं । पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ दक्षिण एसियाका १० उत्कृष्ट महिला उद्यमीको सूचीमा परेकी छन् । इन द क्याप म्यागजिनले तयार पारेको सूचीमा अनुष्का तेस्रो स्थानमा छिन् ।

सन् २०२० मा उनले स्थापना गरेको स्थानीय डेजर्ट ब्रान्ड माकुसीले अनुष्कालाई यो उपलब्धि दिलाएको हो । उनको यो सफलताप्रति मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले बधाई दिएको छ ।

 

यो ब्रान्डले परम्परागत नेपाली स्वादको मिठाइ बिक्री गर्ने गर्छ । दक्षिण एसियाका १० उत्कृष्ट महिला उद्यमीको सूचीको पहिलो स्थानमा बंगलादेशकी उद्यमी तमारा आबेद छिन् । उनको ब्रान्ड आरोङले कफीसहित अन्य उत्पादन गर्छ । त्यसैगरी, दोस्रो स्थानमा रहेकी भारतकी अनिशा सिंहको मायडाला ब्रान्ड  हो ।

प्रतियोगितामा अनुष्काले भने माकुसी ब्रान्डसँगै मिस वर्ल्डमा ब्युटी विथ पर्पस विधा पनि जितेकी थिइन् । उनी मिस नेपाल वर्ल्ड २०१९ की विजेतासमेत हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved