इंग्लिस प्रिमियर लिगमा लिभरपुल बराबरीमा रोकियो

नेपालभ्युज

इंग्लिस प्रिमियर लिगमा लिभरपुल बराबरीमा रोकियो

काठमाडौं।  इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राती भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेससँग १/१ गोलको बराबरी खेलेको छ । घरेलु मैदानमा दोस्रो हाफको सुरुदेखि १० खेलाडीमा सिमित लिभरपुल ११ को बराबरी खेल्दै लगातार दोस्रो खेलमा हारबाट जोगियो ।

३२ औँ मिनेटमा विलफ्रिड जाहाले गोल गरेर टिमलाई अग्रता दिलाए  । दोस्रो हाफको ५७ औँ मिनेटमा लिभरपुल १० खेलाडीमा समेटियो । यसै सिजन क्लबमा आएका फरवार्ड डार्विन न्युनेजले सिधै रातो कार्ड पाए ।

तर १० खेलाडीमा सिमित लिभरपुलका लागि लुइस डियाजले ६१ औँ मिनेटमा बराबरी गोल फर्काए । त्यसपछि थप गोल नहुँदा लिभरपुल लगातार दोस्रो खेल बराबरीमा रोकिन पुग्यो । पहिलो खेलमा टोली फुल्हमसँग पनि को बराबरीमा रोकिएको थियो ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved