आइतबारदेखि मनसुन पुन: सक्रिय हुने, देशैभर पानी पर्ने सम्भावना

न्युनचापीय रेखा दक्षिण अर्थात भारततर्फ सरेकाले केहि दिन नेपालमा मनसुन निष्क्रिय भएको थियो । तर आइतबारदेखि मनसुन सक्रिय भएर देशभर पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

नेपालभ्युज

आइतबारदेखि मनसुन पुन: सक्रिय हुने, देशैभर पानी पर्ने सम्भावना
सांकेतिक तश्वीर

काठमाडौं। पर्सी आइतबारदेखि मनसुन पुन: सक्रय हुने भएको छ । न्युनचापीय रेखा दक्षिण अर्थात भारततर्फ सरेकाले केहि दिन नेपालमा मनसुन निष्क्रिय भएको थियो । तर आइतबारदेखि मनसुन सक्रिय भएर देशभर पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् वरुण पौडेलका अनुसार आज गण्डकी र वाग्मती प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । अन्य प्रदेशमा खासै पानी पर्ने सम्भावना छैन ।

भोलि पनि पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने अनुमान छ । वाग्मती र प्रदेश-१ का केही ठाउँमा भने भोलि ठूलो पानी पर्न सक्ने अनुमान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved