कृष्णहरि बने अर्थ सचिव, राजस्वको जिम्मा रामेश्वरलाई

नेपालभ्युज

कृष्णहरि बने अर्थ सचिव, राजस्वको जिम्मा रामेश्वरलाई

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी कृष्णहरि पुष्करलाई दिएको छ ।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पुष्करलाई अर्थसचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसअघि बसेको बैठकले तत्कालिन अर्थ सचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको थियो ।  पुष्करलाई तत्कालका लागि भन्दै अर्थ सचिवको जिम्मेवारी दिएको थियो ।

यस्तै  बैठकले राजस्व सचिवको जिम्मेवारी रामेश्वर दंगाललाई दिएको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved