गाजा पट्टीमा इजरायलको हवाइ हमला, कमाण्डर सहित १० जनाको ज्यान गयो

नेपालभ्युज

 गाजा पट्टीमा इजरायलको हवाइ हमला, कमाण्डर सहित १० जनाको ज्यान गयो

गाजा पट्टी। इजरायली सेनाले गाजा पट्टीमा गरेको हवाई आक्रमणमा प्यालेस्टिनी लडाकु समूहका शीर्ष कमाण्डरसहित कम्तीमा १० जनाको ज्यान गएको छ।

स्थानीय स्वास्थ्य अधिकारीहरूले दर्जनौं घाइते भएको बताएका छन्। गाजा शहरको अग्लो प्यालेस्टाइन टावर सहितका भवनमा इजरालयले शक्तिशाली विष्फोट गराउँदा कम्तिमा १० जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

इजरायलका प्रधानमन्त्रीले प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे) द्वारा यस हप्ताको सुरुमा आफ्ना एक सदस्यलाई पक्राउ गरेपछि यो कारबाही गरिएको बताएका छन् । पीआईजेले इजरायलमा १०० भन्दा बढी रकेटहरू प्रहार गरेको थियो।

त्यसको जवाफमा इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले शुक्रबार विद्रोहीको स्थानलाई लक्षित गरी फेरि आक्रमण सुरु गरेको बताएको छ।एक टेलिभिजन सम्बोधनमा इजरायलका प्रधानमन्त्री यायर ल्यापिडले इजरायलले खतराको बिरूद्ध तत्काल सटीक प्रतिक्रिया दिएको बताएका छन् ।

इजरायलको सेनाले प्यालेस्टिनी इस्लामिक जिहादसँग जोडिएका क्षेत्रहरूमा आक्रमण गरेको बताएको छ।

इरानको राजधानी तेहरानको भ्रमणको क्रममा बोल्दै,पीआईजेका महासचिव जियाद अल-नखालाले भने, “हामी यस आक्रमणको बलपूर्वक जवाफ दिनेछौं, र त्यहाँ लडाइँ हुनेछ जसमा हाम्रा जनताले जित्नेछन्”।

यसैबीच, गाजा क्षेत्रमा शासन गर्ने हमास समूहले सशस्त्र समूहहरू युद्धमा “एकजुट” रहेको र चुप नबस्ने बताएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved