पहिलाे टी-२० मा न्युजिल्यान्डले नेदरल्यान्डलाई १६ रनले हरायो

नेपालभ्युज

पहिलाे टी-२० मा न्युजिल्यान्डले नेदरल्यान्डलाई १६ रनले हरायो

काठमाडौं। नेदरल्यान्डसँगको पहिलो टी-२० क्रिकेटमा न्युजिल्यान्ड १६ रनले विजयी भएको छ ।

हेगमा जितका लागि न्युजिल्यान्डले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड १९ ओभर ३ बलमा १ सय ३२ रनमा अलआउट भयो । उसका बास डे लिडेले ६६ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् ।

न्युजिल्यान्डका ब्लेयर मार्शल टिकनरले ४ तथा बेन्जामिन भिन्सेन्ट सियर्सले ३ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो । उसका मार्टिन गुप्टीलले सर्वाधिक ४५ रन जोडे ।

जीतसँगै नेदरल्यान्डसँगको दुई खेलको टी–२० शृङ्खलामा न्युजिल्यान्डले १–० को अग्रता बनाएको छ । दोस्रो तथा निर्णायक खेल आज  शुक्रबार हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved