सन्दीप बीबीएलको नयाँ सिजनका लागि ड्राफ्टमा

नेपालभ्युज

सन्दीप बीबीएलको नयाँ सिजनका लागि ड्राफ्टमा

काठमाडौ‌ं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियाको बिग बोस लिग (बीबीएल) नयाँ सिजनका लागि ड्राफ्टमा परेका छन्।

२८ अगस्टबाट सुरु हुने नयाँ सिजनका लागि बीबीएलले सार्वजनिक गरेको ड्राफ्टमा स्थान बनाउने सन्दीप एक मात्र नेपाली खेलाडी हुन् । पछिल्लो दुई संस्करणमा भने उनले होबार्ट हुरिक्यान्सबाट खेलेका थिए।

गत सिजन उनले होबार्ट हुरिक्यान्सबाट १४ खेलमा १४ विकेट लिएका थिए । सन् २०१८ देखि २०२० सम्म भने उनले दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका थिए ।

यसअघि, सन्दीपलाई क्यारेबियन प्रिमियर लिग (सीपीएल) को क्लब जमैका तल्लावाजले अनुबन्ध गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved