देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना, भोलीदेखि मौसम खुल्ने अनुमान

आज दिउँसो प्रदेश १, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ ।

नेपालभ्युज

देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना, भोलीदेखि मौसम खुल्ने अनुमान

काठमाडौं। आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । आज दिउँसो प्रदेश १, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले देशका सबैजसो ठाउँमा मौसम बदली भएर सामान्य पानी पर्ने जनाएको छ । केहि ठाउँमा भने भारी वर्षाको सम्भावना छ ।

आज राति वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । भोलिदेखि भने मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।

मनसुनको न्यून चापीय रेखा माथि अर्थात भारततिर सर्ने सम्भावना रहेकाले मनसुन केही कमजोर हुने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved