काभ्रेस्थली घटना- सुनिताको माइती पक्षले गरे प्रदर्शन, शव उठाउन दिएनन्

अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरूका अनुसार दिनेशले श्रीमती र छोराछोरीको हत्या गरेर आत्महत्या गरेको आशंका गरिएको छ। तर सुनिताको माईतिपक्षले भने षड्यन्त्रपूर्वक हत्या गरेको भन्दै नाराबाजी गरिरहेका प्रहरीले जनाएको छ।

नेपालभ्युज

काभ्रेस्थली घटना- सुनिताको माइती पक्षले गरे प्रदर्शन, शव उठाउन दिएनन्

काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिका–२, काभ्रेस्थली, पदमसालमा एकै परिवारका चार जना मृत भेटिएपछि सुनियोजित हत्याको आशंकामा माईतीपक्षले प्रदर्शन गरेको छ।

पोष्ट मार्टमको शव लिन गएको प्रहरी टोलीलाई सुनीताका आफन्तहरूले शव समेत उठाउन नदिइएको प्रहरीले जनाएको छ। गोरखाको भीमसेन थापा गाउँपालिका–६ घर भई काभ्रेस्थली बस्दै आएका ४१ वर्षका दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षकी सुनिता, छोरा ८ वर्षका आशिक र छोरी १३ वर्षकी आशिका घरमै मृत भेटिएका हुन्।

अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार दिनेशले श्रीमती र छोराछोरीको हत्या गरेर आत्महत्या गरेको आशंका गरिएको छ। तर सुनिताको माईतिपक्षले भने षड्यन्त्रपूर्वक हत्या गरेको भन्दै नाराबाजी गरिरहेका छन् ।

बाक्लो बस्ती भएका ठाउँमा समेत हत्या भएको कसैले थाहा पाएनन्। छोरी आशिका पढ्ने स्कुलबाट गाडी आएपछि मात्रै परिवारको हत्या भएको थाहा भएको थियो। पछि प्रहरीले ढोका खोलेर हेर्दा परिवारका सदस्यको शव भेटिएको थियो।

दिनेश र सुनिताबीच पछिल्लो समय विवाद हुने गरेको छिमेकीहरू बताउँछन्। प्रहरी र स्थानीयले घटना मिलाउने प्रयास गरेका थिए। तर विवाद नमिलेपछि दिनेशले सम्बन्ध विच्छेद मागेका थिए।

पत्नी सुनिताले भने छोराछोरीका लागि भए पनि सम्बन्ध विच्छेद नगर्ने अडान राखेकी छिमेकी बताउँछन्। सुनिताले बेलायतको सिजनल भिसाका लागि निवेदन दिएकी थिइन्। उनको भिसा समेत लागिसकेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved