काभ्रेस्थली घटना-श्रीमती र छोराछोरीको हत्या गरेर आत्महत्या

दिनेशले परिवारका तीन जनाको सदस्यहरूको हत्या गरेको र अन्तमा आफूले पनि आत्महत्या गरेको आशंका गरिएको छ। तर घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

नेपालभ्युज

काभ्रेस्थली घटना-श्रीमती र छोराछोरीको हत्या गरेर आत्महत्या

काठमाडौं। तारकेश्वर नगरपालिका– २ पदमसालमा एकै परिवारका मृत भेटिएका चार जनाको पहिचान खुलेको छ। गोरखा घर भई पदमसालमा बस्दै आएका दिनेश पाण्डेको परिवारका चार जना मृत भेटिएका हुन्।

घटनास्थलमा पुगेका तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनका अनुसार दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र छोरी आशिका मृत भेटिएका हुन्।

दिनेशले परिवारका तीन जनाको सदस्यहरूको हत्या गरेको र अन्तमा आफूले पनि आत्महत्या गरेको आशंका गरिएको छ। तर घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

दिनेशले काभ्रेस्थली पदमसालमै पसल पनि राखेका थिए। पसल केही समयअघि बेचेका थिए। छिमेकीहरुका अनुसार दिनेश र पत्नी सुनीताबीच राम्रो मेलमिलाप थिएन। पारिवारिक झगडा तीन पटकसम्म वालाजु प्रहरी बृत्तमा पुगेर मेलमिलापमा टुंग्याइएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved