चोरहरूको समूहले गाउँलेलाई थुनेर घरमा गरे आगजनी, ३२ जनाको मृत्यु

नेपालभ्युज

चोरहरूको समूहले गाउँलेलाई थुनेर घरमा गरे आगजनी, ३२ जनाको मृत्यु

माडागास्कर । पूर्वी अफ्रिकी देश माडागास्करमा एक आपराधिक समूहले घरमा आगजनी गर्दा कम्तीमा ३२ जनाको ज्यान गएको छ । घटनापछि सेनाले अपराधीहरूको खोजीमा हेलिकप्टर तैनाथ गरेको छ । प्रहरीका अनुसार अपराधीहरूले गाउँलेलाई तीनवटा झुपडीमा जबरजस्ती थुनेर ती झुपडीमा आगो लगाइदिएका थिए ।

यो घटना माडागास्करको राजधानी अन्टानानारिभोको उत्तरमा रहेको अन्काजोबे जिल्लाको एम्बोलोटेरेकेली गाउँमा भएको हो । मृत्यु हुनेमा महिला र बालबालिका पनि रहेका छन् ।​ माडागास्करका रक्षामन्त्री जनरल लियोन जीन-रिचर्ड राकोटोनिरिनाले घटना गाईवस्तुको चोरी कार्यमा संलग्नहरूले गराएको जानकारी दिए ।

अधिकारीलाई जानकारी गराएको भन्दै गाउँलेलाई निशाना बनाइएको हुनसक्ने उनको आशंका छ । उनले दोषी पत्ता लगाई कानुनी कठघरामा ल्याउने बताएका छन् । पछिल्ला केही वर्षहरूमा, माडागास्करमा गाईवस्तु चोरहरू र तिनीहरूलाई रोक्न प्रयासहरूका कारण धेरै हिंसात्मक घटनाहरू भएका छन् ।

घटनास्थलबाट बाहिरिएको भिडियो फुटेजले घरको सानो पर्खालबाहेक घरमा केही नरहेको देखाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved