भारतीय वायु सेनाको विमान दुर्घटना, दुईको मृत्यु

नेपालभ्युज

भारतीय वायु सेनाको विमान दुर्घटना, दुईको मृत्यु

काठमाडौं। भारतको पश्चिमी राज्य राजस्थानमा प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको भारतीय वायुसेना (आईएएफ) का दुई विमान चालकको मृत्यु भएको छ ।

मिग-२१ जेट उडानको क्रममा दुर्घटना भएको भारतीय अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । प्रशिक्षण उडानमा रहेको विमान राजस्थानको राजधानी जयपुरबाट करिब ५३२ किलोमिटर पश्चिममा रहेको बारमेर जिल्लामा दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय वायु सेनाले यस दुर्घटनामा ज्यान गुमाएकाप्रति गहिरो दुःख व्यक्त गरेको जानकारी दिएको छ । दुर्घटनापछि त्यहाँका एक अदालतले जाँचको आदेश दिइएको पनि वायुसेनाका अधिकारीहरूले जानकारी दिएका छन् । एजेन्सी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved