काठमाडौं। नेकपा एमालेले १६ साउनमा काठमाडौंमा गर्न लागेको प्रदर्शनका लागि आन्तरिक तयारी तीव्र बनाएको छ । महँगी, भ्रष्टाचार र कालाबजारीविरुद्ध गर्न लागिएको प्रदर्शनको तयारी तीव्र बनाएको हो। जनप्रदर्शनबाटै सरकारलाई खबरदारी गर्नुपर्ने भएकाले राम्रो तयारीका साथ सङ्गठित शक्तिलाई परिचालन गरिने एमालेको भनाई छ।
महँगी र कालोबजारी नियन्त्रणका लागि सरकारले अहिलेसम्म कुनै कदम चाल्न नसकेको एमालेको आरोप छ । एमालेले महँगीविरुद्ध देशव्यापी जनपरिचालन र प्रदर्शन गर्न १९ असारमा सर्कुलर जारी गरिसकेको छ।
यसको लागि बिहीबार एमालेको बैठक बसेको थियो। पार्टी कार्यालय च्यासलमा बिहीबार उपत्यकाका तीनवटै जिल्ला कमिटी, उपत्यका विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी र जनवर्गीय सङ्गठनका प्रमुख तथा प्रतिनिधिसहितको बैठक आयोजना गरिएको थियो ।
बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महँगीले जनता ठुलो मारमा परिरहेको र सरकारले यसको नियन्त्रणका लागि कुनै पहल नगरेको बताए । त्यस्तै, महासचिव शङ्कर पोखरेलले पनि जनप्रदर्शन प्रभावकारी बनाउन निर्देशन दिए ।
स्थायी कमिटी सदस्य तथा जनप्रदर्शन परिचालन कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठ छन्। उनको अध्यक्षतामा बसेको बैठकमा उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, स्थायी कमिटी सदस्य काशिनाथ अधिकारीको उपस्थिति थियो। प्रदर्शन तयारीको सिलसिलामा एमाले केन्द्रीय कार्यालयले विभिन्न चरणमा नियमित बैठकहरू आयोजना गर्दै आएको छ।
Facebook Comment
Comment