साफ यू–२० च्याम्पियनसिप

लगातार दोस्रो पटक जित्दाको खुशी

नेपालभ्युज

लगातार दोस्रो पटक जित्दाको खुशी

भुवनेश्वर। नेपालले साफ यू–२० च्याम्पियनसिप फुटबलमा लगातार दोस्रो जित निकालेको छ। भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा बुधबार श्रीलंकालाई ३–० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो।

नेपाललाई जित दिलाउन पहिलो हाफमा श्रीलंकासँग गोलरहित बराबरीमा रोकिएको नेपालले ५८ औँ मिनेटमा कप्तान आयुष घलानको गोलबाट अग्रता बनायो।

खेलको ६५ औँ मिनेटमा कृतिस रत्न छुन्जुले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए। कप्तान आयुषले मिलाएको सर्ट पासलाई कृतिसले टप कर्नरमा सुन्दर गोल गरे।

त्यसपछि खेलको ८४ औँ मिनेटमा सुगमको पासमा मनग्य नकर्मीले गोल गर्दै नेपाललाई ३–० को जित दिलाए।

यी सबै गोल गर्दा नेपाली खेलाडीले जीत उत्सव मनाएका छन्। र खेलको अन्तिममा खेलाडीको गोल सेलिब्रेसन हेर्न लायक देखिन्थ्यो। हेरौँ केही फोटोहरू।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved