काठमाडौं। पछिल्लो २४ घण्टामा ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ४ सय ५४ जनामा गरिएको परीक्षणमा ५ सय४६ जनामा संक्रमण पुष्टि भएको हो।
दुई हजार ७ सय ७८ पीसीआर परीक्षणमा ४ सय १८ र एक हजार ६ सय ७६ एन्टिजेन परीक्षणमा १ सय ४६ जनामा संक्रमण देखिएको हो।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ सय २ रहेको छ। त्यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा एकजनाको मृत्यु भएको छ।
हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार ९ सय २९ पुगेको छ।
जसमध्ये ३ हजार ७९४ जना होम आइसोलेसनमा रहेका छन् भने १३५ जना संस्थागत आइसोलेसन र ३२ जना आईसीयूमा छन् ।
यस्तै २ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २६ हजार ८८४ पुगेको छ ।
Facebook Comment
Comment