एसईईको नतिजा सार्वजनिक

नेपालभ्युज

एसईईको नतिजा सार्वजनिक
सांकेतिक तस्वीर

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। परीक्षामा ३ दशमलव ६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६ सय ३३ रहेको छ।

बुधबार बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) एसईईको नतिजा सार्वजनिक गरेको छ।

नतिजा अनुसार ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए। कोभिड–१९ महामारीका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले बोर्डले तयार पारेको प्रश्न पत्रको आधारमा भौतिक परीक्षा दिएका हुन्।

शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो।

परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए।

यसपटकको नतिजामा नन ग्रेडिङको व्यवस्था गरेको शिक्षा मन्त्रालयले ग्रेडिङ प्रणालीले सिकाइको गुणस्तर खस्किँदै गएको भन्दै तहमा न्यूनतम अङ्क ल्याउनुपर्ने व्यवस्थामा जोड दिएको छ।

यसरी हेर्न सकिन्छ नतिजा

यसैबीच परीक्षा नियन्त्रण कार्यालयले, एसईईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ।

परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालिमा सर्टकोड हालेर नतिजा हेर्ने सकिनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved