एजेन्सी। युक्रेनले अन्न निर्यात गर्न पाउने विषयमा गरिएको एक महत्त्वपूर्ण सम्झौता भएको भोलिपल्ट नै रुसद्वारा युक्रेनमा आक्रमण भएको छ। युक्रेनका मुख्य बन्दरगाह सहरमा विस्फोटहरू भएका हुन्।
युक्रेनी अधिकारीले पश्चिमी सहर ओडेसामा शनिबार बिहान रुसी फौजले दुईवटा क्षेप्यास्त्र प्रहार गरेको युक्रेनी सेनाले जनाएको छ । युक्रेनको हवाई फौजका प्रमुखले बन्दरगाहका अन्न भण्डारलाई रुसले जानीजानी निसाना बनाएको आरोप लगाएका छन्।
शुक्रबार रुसले टर्कीको इस्तानबुलमा एक सम्झौता गर्दै आफ्नो देशका सेनाले युक्रेनी अन्न भण्डारण स्थल र अन्न ढुवानीलाई लक्षित गरी आक्रमण नगर्ने जनाएको थियो। त्यस्तै अवरुद्ध भएको दसौं लाख टन युक्रेनी निर्यात खोल्न सहमति पनि गरिएको थियो । तर, उक्त सम्झौताविपरीत आक्रमण गरिएको युक्रेनको दाबी छ।
रुसले अन्न बोकेका पानीजहाज यात्रामा रहेका बेला आक्रमण नगर्ने र युक्रेनले बारुद बिछ्याइएका जल क्षेत्रमा मालवाहक पानीजहाजलाई मार्गनिर्देश गर्ने कुरा सम्झौतामा उल्लेख रहेको बीबीसीले जनाएको छ । चार महिनासम्मका लागि गरिएको सम्झौता कार्यान्वयका लागि इस्तानबुलमा राष्ट्रसंघ, टर्की, रुस र युक्रेनी अधिकारी संलग्न समन्वय र अनुगमन केन्द्रसमेत स्थापना गरिएको छ । युक्रेनी सेनाको दक्षिणी कमान्डका प्रवक्ताले रुसी आक्रमणले न्यून क्षति पुगेको बताएका बीबीसीले उल्लेख गरेको छ ।
Facebook Comment
Comment