राष्ट्रपतिमा द्रौपदीले जित्ने भन्दै भाजपाले थाल्यो र्‍यालीको तयारी

नेपालभ्युज

राष्ट्रपतिमा द्रौपदीले जित्ने भन्दै भाजपाले थाल्यो र्‍यालीको तयारी

नयाँ दिल्ली। भारतको नयाँ राष्ट्रपति चयन गर्नका लागि भएको निर्वाचनको आज आज मतगणना हुँदैछ । गत १८ जुलाईमा भारतको १५औँ राष्ट्रपतिका लागि निर्वाचन भएको थियो ।
राष्ट्रपतिको उम्मेदवारमा एनडीएबाट द्रौपदी मूर्मु र विपक्षी तर्फबाट यशवंत सिन्हा छन् । भारतीय सञ्चार माध्यमका अनुसार द्रौपदी मूर्मुको जितको सम्भावना धेरै छ । यदि उनले जितिन् भने उनी देशको पहिलो आदिवासी महिला राष्ट्रपति बन्नेछिन्।

मतगणनाका लागि सबै राज्यको विधान सभाबाट मतपेटिका संसद भवनमा ल्याइसकिएको छ। मत परिणाम पनि आजै आउँदै छ ।
भारतीय जनता पार्टी भाजपाले आफ्नो उम्मेदवार द्रौपदी मूर्मुले जित्ने पक्का भएको भन्दै उत्सवको तयारी गरेको छ ।

ओडिशाको द्रौपदी मूर्मु गाउँमा जितको खुसीयालीको तयारी सुरु भएको छ, जसका तस्बिरहरू पनि बाहिर आएका छन्। स्रोतका अनुसार भाजपाले ठूलो उत्सवको तयारी गरेको छ ।
मतगणना सकिएपछि साँझ ५ः३० बजे दिल्लीको पन्त मार्गदेखि राजपथसम्म रोड शो आयोजना गर्ने तयारी छ । यो रोड शोको नेतृत्व बीजेपी राष्ट्रिय अध्यक्ष जेपी नड्डा, दिल्ली प्रदेश अध्यक्ष आदेश गुप्ताले गर्दै छन् ।

राष्ट्रपतीय निर्वाचनमा सङ्घीय सांसदका दुवै सदनका सांसद, प्रदेशसभाका सदस्य तथा सङ्घीय राजधानी दिल्ली र केन्द्र शासित प्रदेश पुद्दुचेरीका निर्वाचित सदस्यहरूले मतदान गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved