अवरोध हटाउने सहमति नगरेरै बोलाइयो प्रदेशसभा बैठक

नेपालभ्युज

अवरोध हटाउने सहमति नगरेरै बोलाइयो प्रदेशसभा बैठक

काठमाडौ। कर्णालीको प्रदेशसभा बैठक आज बस्दैछ। सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले बैठक अवरोध जारी राखे पनि दिउँसो ३ बजेका लागि बैठक बोलाइएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए।

अवरोध हटाउन बुधबार सर्वदलीय बैठक बसे पनि कुनै सहमति हुन सकेको छैन। माओवादी केन्द्रका सांसदले मुख्यमन्त्री जीवनबहादुर शाही एकलौटी रूपमा अघि बढ्न खोजेको भन्दै गत मंगलबार प्रदेशसभा बैठक बहिस्कार गरेका थिए।

कर्णालीमा नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन सरकार रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved