पार्टी नेतृत्वले तल्लोस्तरको लाञ्छना लगाएको भन्दै चार नेताले त्यागे राप्रपा

पार्टी नेतृत्वले अप्रजातान्त्रिक र निर्मम ढंगले तल्लोस्तरको लाञ्छना लगाउँदै अपराधीझैँ करार गरी अपमानित गर्ने दुष्प्रयास गरेको उनीहरुको आरोप छ।

नेपालभ्युज

पार्टी नेतृत्वले तल्लोस्तरको लाञ्छना लगाएको भन्दै चार नेताले त्यागे राप्रपा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार नेताले पार्टी परित्याग गरेका छन्।

नेताहरू दिलनाथ गिरी, श्याम तिमल्सिना, दिलविकास राजभण्डारी र केशवराज श्रेष्ठले मंगलबार एक विज्ञप्ति जारी गरी साधारण सदस्य समेत नरहनेगरी संयुक्त रुपमा पार्टी परित्यागको घोषणा गरेका हुन्।

राप्रपालाई मूलधार बनाउने प्रयासमा लागिरहेका बेला पार्टी नेतृत्वले अप्रजातान्त्रिक र निर्मम ढंगले तल्लोस्तरको लाञ्छना लगाउँदै अपराधीझैँ करार गरी अपमानित गर्ने दुष्प्रयास गरेको उनीहरुको आरोप छ।

२९ असारमा पार्टीको हितविपरीत कार्य गरेको भन्दै राप्रपाले चार नेतालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। स्पष्टीकरण सोध्ने पार्टीको निर्णयलाई चार नेताले ‘नाङ्लो ठटाएर हात्ती तर्साउने’ सस्तो र तल्लो स्तरको खेल बाहेक केही नभएको बताएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved