भाजपाको निमन्त्रणमा भारत जाँदै कांग्रेसका तीन नेता

कांग्रेसका सहमहामन्त्री तथा पूर्वपराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा पूर्व अर्थराज्यमन्त्री उदय शम्शेर राणा र अजय चौरसिया दिल्ली जान लागेका हुन्।

नेपालभ्युज

भाजपाको निमन्त्रणमा भारत जाँदै कांग्रेसका तीन नेता

काठमाडौं। भारतीय जनता पार्टीको निमन्त्रणमा नेपाली कांग्रेसका तीन नेता आाज भारत भ्रमणमा जाँदैछन्। भारतको सत्तारुढ दल भाजपाको निमन्त्रणमा पहिलो पटक नेपाली सत्तारुढ कांग्रेसका नेताहरु दिल्ली जान लागेका हुन्।

कांग्रेसका सहमहामन्त्री तथा पूर्वपराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा पूर्व अर्थराज्यमन्त्री उदय शम्शेर राणा र अजय चौरसिया दिल्ली जान लागेका हुन्। चार दिने दिल्ली भ्रमणमा उनीहरुले भाजपाका अध्यक्षसहित विभिन्न पदाधिकारीहरुसँग भेट गर्ने बताइएको छ।

कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफूनिकट दोस्रो तहका नेताहरूलाई राजनीतिक दूतका रूपमा भारत पठाउन लागेका हुन्। डा.महतको नेतृत्वको टोली अहिले बिहान ११:५ बजे नेपाल वायु सेवा निगमको जहाजमार्फत जाने कार्यक्रम छ।

भ्रमण टाेलीका सदस्य चाैरसियाका अनुसार आजै भाजपाका अध्यक्ष जे पी नड्डासँग कांग्रेस टाेलीले भेट गर्नेछ। उनीहरुले भ्रमणका दौरान विदेशमन्त्री एस जयशंकरसिहत उच्च सरकारी अधिकारीसँग पनि भेट गर्नेछन्।

कांग्रेस सहमहामन्त्री डा. महतका अनुसार पार्टी टू पार्टी सम्बन्ध बलियो बनाउने उद्देश्यले आफूहरु दिल्ली जान लागेको बताए। कांग्रेस टोलीले भारतीय विदेश मन्त्रीसँग पनि भेट्ने कार्यक्रम रहेको बताइएको छ।

भ्रमणबारे नेपाल भ्यूजसँग कुरा गर्दै नेता महतले भने, ‘‘पार्टी स्तरमा छलफल र विचार आदान प्रदान भयो भने भने त्यसले सरकार टू सरकार पनि बलियो सम्बन्ध बनाउन मद्धत मिल्छ।”

महतले भ्रमणका दौरान भारतीय नेताहरुसँग भाजपा र कांग्रेसबीच आपसी विचार आदान प्रदान गर्नुका साथै नेपाल–भारत सम्बन्ध थप बलियो बनाउने विषयमा पनि कुराकानी हुने बताए।

केही समयअघि भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आएर प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवासहित कांग्रेस नेताहरुसँग पार्टी टू पार्टी सम्बन्ध बारेमा छलफल गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved