माल्दिभ्सबाट उडेका श्रीलंकाका राष्ट्रपति पुगे सिङ्गापुर 

जनविरोधपछि देश छाडेर भागेका श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षे मालदिभ्सबाट सिंगापुर पुगेका छन्। सिंगापुरको सरकारले उनलाई ‘निजी भ्रमणको लागि प्रवेश अनुमति’ दिएको बताएको छ।

नेपालभ्युज

माल्दिभ्सबाट उडेका श्रीलंकाका राष्ट्रपति पुगे सिङ्गापुर 

काठमाडौं। जनविरोधपछि देश छाडेर भागेका श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षे मालदिभ्सबाट सिंगापुर पुगेका छन्। सिंगापुरको सरकारले उनलाई ‘निजी भ्रमणको लागि प्रवेश अनुमति’ दिएको बताएको छ।

गोटाबायाले सार्वजनिक आक्रोशको बीचमा बुधबारसम्म राजीनामा दिने वाचा गरेका थिए तर राजीनामा गर्ने भनेर तोकिएको दिनको अघिल्लो दिन उनी माल्दिभ्स गए। उनी मंगलबार राति सैन्य विमानमा माल्दिभ्स भागेका थिए।

सिंगापुरका परराष्ट्र मन्त्रालयले गोटाबाया आफ्नो देशमा अवतरण गरेको पुष्टि गरेको छ।

श्रीलङ्काको कानुनले राष्ट्रपतिलाई कानुनी कारबाहीबाट उन्मुक्ति दिने भएकाले राजीनामा दिएलगतै बन्ने नयाँ सरकारको कारबाहीमा पर्ने डरमा छन्। यता श्रीलङ्कामा कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री रनिल विक्रमासिंघेले बिहीबार दोस्रो दिनको लागि कर्फ्यु लगाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved