भारतको गुजरातमा भारी वर्षा र बाढी, २४ घण्टामा ६३ जनाको मृत्यु

भारतमा भारी वर्षाले जनजीवन प्रभावित भएको छ। भारी वर्षा र बाढीका कारण गुजरातमा २४ घण्टाको अवधिमा ६३ जनाको मृत्यु भएको छ।

नेपालभ्युज

भारतको गुजरातमा  भारी वर्षा र बाढी, २४ घण्टामा ६३ जनाको मृत्यु

काठमाडौं। भारतमा भारी वर्षाले जनजीवन प्रभावित भएको छ। भारी वर्षा र बाढीका कारण गुजरातमा २४ घण्टाको अवधिमा ६३ जनाको मृत्यु भएको छ।

बाढी प्रभावित १० हजारभन्दा बढीलाई सरकारले सुरक्षित स्थानमा पुर्‍याएको छ। आठ जिल्लामा रेड अलर्ट जारी गरिएको छ।

मध्य प्रदेश र कर्नाटकमा पनि भारी वर्षाले जनजीवन कष्टकर बनेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन्। भारतको मौसम विज्ञान विभागले मंगलबार पनि उत्तराखण्ड र केरलामा भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन भनेको छ।

गुजरातको अम्बिका नदीमा फसेका सरकारी कर्मचारीहरूलाई हेलिकोप्टरको सहायता उद्धार गरिएको छ। भारी वर्षाका कारण गुजरातको भालसाड जिल्लामा सबै स्कुल र कलेजहरु पनि बन्द गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved