जापानी माथिल्लो सदनमा सत्तारूढलाई बहुमत

२४८ सिटमध्ये लिबरल डेमोक्रेटिक पार्टी र कोमिइतोबीचको गठबन्धनले १४६ सिटमा जित हात पारेको हो। प्रमुख प्रतिपक्ष कन्स्टिच्युसनल डेमोक्र्याटिक पार्टी ३९ सिटमा खुम्चिएको जापान टाइम्सले लेखेको छ।

नेपालभ्युज

जापानी माथिल्लो सदनमा सत्तारूढलाई बहुमत

टोकियो। जापानको माथिल्लो सदन ‘द हाउस अफ काउन्सिलर’ को निर्वाचनमा सत्तारूढ गठबन्धनले बहुमत प्राप्त गरेको छ । २४८ सिटमध्ये लिबरल डेमोक्रेटिक पार्टी र कोमिइतोबीचको गठबन्धनले १४६ सिटमा जित हात पारेको हो। प्रमुख प्रतिपक्ष कन्स्टिच्युसनल डेमोक्र्याटिक पार्टी ३९ सिटमा खुम्चिएको जापान टाइम्सले लेखेको छ।

लिबरल डेमोक्रेटिक शुक्रबार हत्या गरिएका पूर्वप्रधानमन्त्री सिन्जो आबेसम्बद्ध पार्टी हो। चुनावी प्रचारप्रसारकै क्रममा आबेको गोली हानी हत्या भएको थियो।

उक्त घटनापछि पनि आइतबार तोकिएकै समयमा निर्वाचन भएको थियो। निर्वाचनमा जापानी मतदाताले सन् १९४७ को संविधान बदल्ने गरी जनमत प्रदान गरेका छन्। संविधान संशोधनको पक्षमा रहेका दललाई कुल १७० सिट मिलेको छ। संविधान संशोधन गर्न माथिल्लो सदनमा कम्तीमा १६६ सिट चाहिन्छ।

ऐतिहासिक जितपछि प्रधानमन्त्री एवं लिबरल डेमोक्रेटिक पार्टीका प्रमुख नेता किसिदा फुमियोले पूर्वप्रधानमन्त्री आबेले देखेका सपना साकार पार्न आफू लागि पर्ने बताए। आबेको इच्छाअनुसार आगामी ५ वर्षभित्रमा जापानको आन्तरिक सुरक्षा बलको क्षमतामा भारी वृद्धि गर्ने उनले घोषणा गरे। जसका लागि संविधानका प्रमुख ४ वटा धारा संशोधन गरिने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved