नयाँ कलाकारहरूलाई टुबोर्ग ओपनमा सहकार्य गर्न जेसन डेरुलोको आमन्त्रण

विश्वव्यापी रुपमा चर्चित तथा प्लेटिनम बिक्री गर्न सफल साङ्गीतिक कलाकार, जेसन डेरुलो र डेनिस बियर ब्रान्ड टुबोर्ग बीचको नयाँ सहकार्य अन्तर्गत संसारभरका उदीयमान संगीत कलाकारहरूलाई डेरुलोसँग साङ्गीतिक सहकार्य गर्ने सुवर्ण अवसर दिइएको छ।

नेपालभ्युज

नयाँ कलाकारहरूलाई टुबोर्ग ओपनमा सहकार्य गर्न जेसन डेरुलोको आमन्त्रण

काठमाडौं। विश्वव्यापी रुपमा चर्चित तथा प्लेटिनम बिक्री गर्न सफल साङ्गीतिक कलाकार, जेसन डेरुलो र डेनिस बियर ब्रान्ड टुबोर्ग बीचको नयाँ सहकार्य अन्तर्गत संसारभरका उदीयमान संगीत कलाकारहरूलाई डेरुलोसँग साङ्गीतिक सहकार्य गर्ने सुवर्ण अवसर दिइएको छ। यस परियोजनाले टुबोर्ग ओपन अभियानको छैटौँ वर्ष मनाउँदै छ। टुबोर्ग ओपनले सङ्गीतको शक्ति प्रयोग गरी विश्वभरका कलाकार र दर्शकहरूका लागी अद्वितीय अनुभवहरू सिर्जना गर्दै आइरहेको छ।

नयाँ कलाकारहरूका लागी उक्त सुवर्ण अवसर लस एन्जलसमा भएको थियो। जहाँ हस्ताक्षर नगरिएका कलाकारहरूले स्टुडियोमा जेसनसँग प्रत्यक्ष रुपमा संगीत प्रदर्शन, उत्पादन, लेखन र उद्योगमा सफल हुन आवश्यक विषयहरूमा छलफल गरेका थिए। त्यसपछि प्रत्येक कलाकारले लस एन्जलसको सबैभन्दा प्रतिष्ठित साङ्गीतिक स्थलहरू मध्ये एक, द विल्टर्न थिएटरमा जेसन डेरुलोको सामु प्रस्तुति दिने मौका पाए।

उक्त अभियानमा आफ्नो सहकार्य बारे बोल्दै डेरुलोले भने, “संगीत उद्योगमा सफल हुने मन्त्र भएको कुनै प्ले–बुक छैन, त्यसैले यदि तपाई एक सङ्गीतकार बन्न चाहनुहुन्छ भने, तपाई लगभग आफ्नै भरमा हुनुहुन्छ। तर यी अनुभवहरूबाट गुज्रिएको कोही तपाईँको साथमा हुनाले ठूलो फरक पार्न सक्छ। यो अभियानको बारेमा मलाई मनपर्ने कुरा यही नै हो। मलाई लाग्छ कि यदि मैले त्यस्तो प्रकारको मार्गदर्शन पाएको भए मैले धेरै कम ठक्कर खाने थिए, त्यसैले म यी प्रतिभाशाली कलाकारहरूको यात्राको हिस्सा बन्न पाउँदा कृतज्ञ छु।”

टुबोर्ग ओपन प्रोजेक्टमा भिईके नेपाल, डी एमसी भारत, सोखुर्लाे , उज्बेकिस्तान, हाल्को टर्की, लाभो लारेन्स सर्बिया र स्टोपोष्टो बोस्नियाका उदीयमान कलाकारहरू सहभागी छन् ।
यी कलाकार हरले आउँदो महिनाहरूमा टुबोर्ग मार्फत सहयोग प्राप्त गरी जेसन सामु प्रदर्शन गरेका ट्रयाकहरुको उत्पादन र विकास गर्ने छन् ।

टुबोर्ग ओपनको आफ्नो अनुभव बारेमा कुरा गर्दै, भिइके (नेपाल) ले भने “सङ्गीतको बारेमा मात्र होइन, मेरो सङ्गीतको बारेमा कुरा गर्न जेसन डेरुलोसँग बस्न पाउनु अतुलनीय थियो। उनले गीत लेखन र मेरो प्रदर्शनको बारेमा सल्लाह दिए र त्यो म नेपाल फर्किएपछि मेरो प्रक्रियामा लागू गर्नेछु।

२०१७ को सुरुवात देखि टुबोर्ग ओपनले द चेनस्मोकर्स, मेजर लेजर, क्लिन ब्यान्डिट, डिप्लो र मो जस्ता विश्वव्यापी कलाकारहरूसँग सहकार्य गरी संसारभरिका दर्शकहरूलाई जोड्ने हिटहरू निर्माण गरेको छ ।

गोर्खा ब्रुअरीका मार्केटिङ डिरेक्टर आशिष विष्ट भन्छन्, “निकै लामो समयदेखि टुबोर्ग सङ्गीतसँग जोडिदै आएको छ। टुबोर्गले नेपाली साङ्गीतिक जगतको उत्थानका लागी सधैँ सम्भवतः रुपमा काम गर्दै आएको छ। टुबोर्ग ओपन २०२२ अभियान सोही उद्देश्यको पहल हो जहाँ हामीले नेपालका उदीयमान कलाकारहरूलाई उनीहरूको प्रतिभा प्रदर्शन गर्न प्लेटफर्म प्रदान गरेका छौँ। हामी यस वर्षका लागी जेसन डेरुलो र भेकसँग सहकार्यको लागी निकै उत्साहित छौँ र दर्शकहरूले पनि उक्त सहकार्यको नतिजा मन पराउनुहुने कुरामा धेरै सकारात्मक छौँ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved