काठमाडौं। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि बजेट व्यवस्थापनका लागि पहल गर्ने बताएका छन्।
शुक्रबार अनुगमनका क्रममा राज्यमन्त्री केसीले अस्पतालको पूर्वाधार विकासको लागि आफूले पहल गर्ने बताए।
उनले भने, ‘‘अस्पतालले आम नागरिकलाई सहज तरिकाले सेवा उपलब्ध गराएको छ। यो विषय राम्रो पक्ष हो। अस्पतालको प्रशासनिक भवनको लागि बजेट व्यवस्थापनका लागि पहल थाल्छु।’’
अनुगमनका क्रममा अस्पताल प्रशासनले राज्यमन्त्री केसीलाई ध्यानाकर्षण पत्र बुझाएको छ। पत्रमा अस्पतालमा संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न माग गरिएको छ।
अस्पतालको प्रशासनिक भवनको लागि बजेट व्यवस्थापन आवश्यक भएको, अस्पताललाई आवश्यक मेशिनरी औजारहरुको लागि उचित बजेट व्यवस्थापन गर्न माग गरिएको अस्पतालका कार्यकारी निर्देशक डा.कृष्णप्रसाद आचार्यले जानकारी दिए।
Facebook Comment
Comment