आरोप पुष्टि नभए जनार्दन नै अर्थमन्त्री बन्नुपर्छ : नेता पुन

उनले छानबिन नसकिएसम्म माओवादीले अर्थमन्त्रीमा कसैलाई नपठाउने बताए।

नेपालभ्युज

आरोप पुष्टि नभए जनार्दन नै अर्थमन्त्री बन्नुपर्छ : नेता पुन

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले संसदीय छानबिन समितिबाट आरोप पुष्टि नभए जनार्दन शर्मा नै अर्थमन्त्री बन्ने बताएका छन्।

अहिले छानबिनका लागि मार्गप्रसस्त मात्रै गरको भन्दै उनले आरोप पुष्टि नभए शर्मा नै अर्थमन्त्री बन्नुपर्ने बताए। संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले छानबिन नसकिएसम्म माओवादीले अर्थमन्त्रीमा कसैलाई नपठाउने बताए।

अर्थमन्त्रीले राजीनामा दिएर शर्माले उच्च राजनीतिक नैतिकता देखाएको उनको भनाइ थियो। अर्थमन्त्रीमाथि छानबिन गर्न समिति गठन हुनुलाई पार्टीले स्वभाविक रूपमा लिएको र पार्टीले नै राजीनामा दिन सुझाव दिएको उनले बताए।

उनले छानबिन समितिले नै सत्यतथ्य ल्याउने भए पनि अहिले नै शर्मालाई दोषी देखाउने काम भएको भन्दै आपत्ति समेत जनाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved