सुर्खेत। भारत लैजाँदै गरेको २५० बोरा अफिम सिड बरामद भएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेले शुक्रबार बिहान नेपालगञ्जको जमुनाह नाका हुँदै भारतको रुपैडिहातर्फ मालबाहक ट्रकमा राखिएको २५० बोरा अफिम सिड बरामद गरेको हाे।
विशेष सूचनाका आधारमा सीमा नाका जमुनाहमा खटेको सशस्त्र प्रहरीका प्रहरी निरिक्षक जीवनलाल बुढा र नेपाल प्रहरीका वरिष्ठ प्रहरी नायब निरिक्षक माधव रिजालको कमाण्डको संयुक्त टोलीले आरजे ०९ जीबी ४५४२ भारतीय नम्बर प्लेटको बन्दबडी मालबाहक कन्टेनरमा २५० बोरा अफिम ब्राण्डको पोष्टर दाना (अफिम सिड) बरामद गरेको हो।
नियन्त्रणमा लिएको गाडीको चेकजाँचको क्रममा बन्द बडीभित्र फल्स बटम बनाई लोड गरिएको २५० बोरा सेतो धुलो जस्तो देखिने पदार्थ फेला परेको सीमा प्रहरी कार्यालय जमुनाह प्रहरीका इन्चार्ज माधव रिजालले बताए। चालक भने फरार रहेको उनले जानकारी दिए।
Facebook Comment
Comment