राप्रपा खेलकुद विभाग प्रमुख बस्नेतले दिए राजीनामा

नेपालभ्युज

राप्रपा खेलकुद विभाग प्रमुख बस्नेतले दिए राजीनामा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को खेलकुद विभाग प्रमुख दमन बस्नेतले पदबाट राजीनामा दिएका छन्।

बस्नेतले पार्टीको साँघुरो सोच र गुटगत राजनीतिका कारण आफू निराश भएको भन्दै बुधबार साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन्।

‘‘पछिल्लो समय राप्रपामा आएको सैद्धान्तिक वैचारिक विचलन, गुटगत राजनीति, साँघुरो सोच, अनि सङ्किर्णता र जडसुत्रवादी चिन्तनबाट म अत्यन्तै निराश भएँ । पार्टीलाई एउटा गन्तव्यमा पुर्‍याउने चाहना र सपनामाथि यी पक्षहरुले निकै ठुलो अनरोध पुग्ने मेरो निष्कर्ष हो’’, उनको राजीनामा पत्रमा उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved