घर नजिकै सडिसकेको अवस्थामा महिलाको शव फेला

नेपालभ्युज

सुर्खेत। जाजरकोटमा एक महिलाको शव घर नजिकैको जंगलमा भेटिएको छ। नलगाड नगरपालिका-१ की ४२ वर्षीया भगवती शाहीको शव भएको पुष्टि भएको छ।

शव सडेर गह्नाउन थालेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए। शाही घर र शव भेटिएको ठाउँ ५० देखि एक सय मिटरको दूरीमा छ।

अनुसन्धानकै सिलसिलामा मृतकका पति लेकबहादुर नेपालीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख सन्तोष निरौलाले बताए। घटनाका विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

शव गन्हाउने अवस्थासम्म पुग्दा पनि कुनै खोजतलास नगर्नु र प्रहरीलाई पनि खबर नगर्नुले हत्यामा पतिकै संलग्नताको आशंका गरिएको प्रहरीले जनाएको छ। उनीहरूको अन्तरजातीय विवाह भएको थियो। उनका एक छोरा र एक छोरी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved