ललितपुर महानगरमा आजदेखि बालबालिकालाई कोरोना खोप

नेपालभ्युज

ललितपुर महानगरमा आजदेखि बालबालिकालाई कोरोना खोप
फाइल फोटो

काठमाडौं। ललितपुर महानगरपालिकामा ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप दिइँदैछ। काठमाडौं महानगरपालिकामा भने बालबालिकाहरुलाई बिहीबारदेखि नै कोरोनाविरुद्धको खोप दिन सुरु गरिएको थियो।

ललितपुर महानगरपालिकाले जारी गरेको सूचना अनुसार शनिबार बाहेक असार १० गतेदेखि १५ गतेसम्म विद्यालय वा वडास्थित स्वास्थ्य संस्थामा खोप कार्यक्रम सन्चालन हुने छ।

आज असार १० गते वडा नम्बर १, २ र ३ का बालबालिकाहरुलाई कोरोनाविरुद्धको खोप दिइने ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए।

असार १२ गते वडा नम्बर ४, ५, ६ र ७ मा, असार १३ गते वडा नम्बर ८, ९, १०, ११, १२, १३ र १४ मा खोप कार्यक्रम सचालन हुने छ।

यस्तै असार १४ गते वडा नम्बर १५, १६, १७, १८, १९, २०, २१ मा तथा असार १५ गते वडा नम्बर २२, २३, २४, २५, २६, २७, २८ र २९ वडामा खोप कार्यक्रम सन्चालन हुने छ। खोप कार्यक्रम बिहान ११ बजेदेखि ४ बजेसम्म हुने ललितपुर महानगरपालिकाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved