बुढानीलकण्ठमा महिलाको शव फेला, हत्या आशंकामा एकजना पक्राउ

नेपालभ्युज

काठमाडौं। काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–३ की ४१ वर्षीया फूलमाया सुनार मृत भेटिएकी छन्।

नगरपालिकाकै वडानम्बर–८ स्थित भंगालस्थित निर्माणाधीन घरमा उनको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

भित्री वस्त्र समेत च्यातिएको अवस्थामा बुधबार घरको भुइँतलामा उनको शव भेटिएको हो। शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।

हत्या आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved