प्रतिनिधि सभाको बैठक बस्दै, गृहमन्त्रीले प्रहरी कार्य सञ्चालन विधयेक छलफलका लागि पेस गर्ने

आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ। बैठकमा विभिन्न विधेयकहरू दफावार छलफलका लागि पेस तथा पारित गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

नेपालभ्युज

प्रतिनिधि सभाको बैठक बस्दै, गृहमन्त्रीले प्रहरी कार्य सञ्चालन विधयेक छलफलका लागि पेस गर्ने

काठमाडाैं। आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ। बैठकमा विभिन्न विधेयकहरू दफावार छलफलका लागि पेस तथा पारित गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन विधयेका २०७९ दफावार छलफलका लागि पेस गर्नेछन्।

यस्तै, आर्थिक विधेयक २०७९ माथि छलफल गरी प्राप्त संशोधनहरूलाई निर्णायार्थ प्रस्तुत गरिने पनि संसद् सचिवालयले जनाएको छ।

सोमबारकै बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०७९ लाई पारित गरियोस् भनी प्रस्ताव पेस गर्नेछन्।संसद् सचिवालयका अनुसार मन्त्री शर्माले ‘राष्ट्र ऋण उठाउने विधेयक २०७९ लाई दफावार छलफल गरी पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved