बीमा भुक्तानी नपाएपछि धुलिखेल अस्पतालमा उपचार सेवा दिन कठिनाइ

सरकारले लागू गरेको स्वास्थ्य बीमा अभियानअन्तर्गत धुलिखेल अस्पतालमा उपचार सेवा लिएका बिरामीको नाममा पाउनुपर्ने रकम बीमा बोर्डबाट नपाएका कारण अब सेवा दिन कठिनाइ भएको धुलिखेल अस्पतालले जनाएको छ।

नेपालभ्युज

बीमा भुक्तानी नपाएपछि धुलिखेल अस्पतालमा उपचार सेवा दिन कठिनाइ

काठमाडौं। सरकारले लागू गरेको स्वास्थ्य बीमा अभियानअन्तर्गत धुलिखेल अस्पतालमा उपचार सेवा लिएका बिरामीको नाममा पाउनुपर्ने रकम बीमा बोर्डबाट नपाएका कारण अब सेवा दिन कठिनाइ भएको धुलिखेल अस्पतालले जनाएको छ।

अस्पताल प्रशासनले बिहीबार पत्रकार सम्मेलन गरी २०७४ सालदेखि बीमा बोर्डसँग सम्झौता गरी स्वास्थ्य बीमा गरेका नागरिकलाई सेवा उपलब्ध गराउँदै आएको भए पनि अहिलेसम्म बोर्डमार्फत प्राप्त गर्नुपर्ने करिब  २५ करोड रुपैयाँ रकम प्राप्त नहुँदा अस्पतालबाट प्रवाह हुने सेवामा समस्या उत्पन्न हुने अवस्थामा पुगेको जानकारी दिएको छ।

धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक रमेश माकाजु श्रेष्ठले बीमाको कारण समस्या भएको उल्लेख गर्दै सेवामा विचार गर्नुपर्ने अवस्था सिर्जना भएको बताए।

दैनिक स्वास्थ्य बीमा गर्ने बढ्दै जानु, अर्कोतर्फ अधिकतम् सङ्ख्यामा सेवा दिनुपर्ने सेवाग्राहीका नाममा प्राप्त हुनुपर्ने रकम थप्दै जाने भएपछि औषधिलगायत अन्य उपचार सामग्रीको भुक्तानी हुन नसकेर आपूर्तिमा निरन्तरता नभएको, समयमा तलब भुक्तानी गर्न कठिनाइ परेको र आवश्यक सरसामान उपलब्ध नभएर सेवामा कठिनाइ परेका कारणले अस्पताल प्रशासन आर्थिक समस्यामा पर्दै गएको  श्रेष्ठले बताए।

अस्पताल प्रशासक प्रद्युम्न श्रेष्ठले स्वास्थ्य बीमा गर्ने नागरिकको सङ्ख्या दैनिक बढ्दै जानु र अर्कातर्फ विमितले अस्पताल सेवा केन्द्रको पहिलो प्राथमिकतामा धुलिखेल अस्पताललाई रोज्ने गरेका कारण सेवाग्राहीको चाप बढ्दै गएको बताए। उनका अनुसार दैनिक एक हजारदेखि एक हजार १०० जनासम्मलाई सेवा दिन सकिने क्षमता रहेको अस्पतालमा अहिले दैनिक एक हजार ३०० भन्दा बढीलाई सेवा दिनुपर्दा गुणस्तरमा प्रश्न उठ्ने अवस्था सिर्जना भएको छ। सेवा प्रदान गरेकामध्ये एक लाख २८ हजार २४५ सेवाग्राहीको सेवावापतको रकम प्राप्त हुन बाँकी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved