नेपालमा लगानी भित्र्याउन एनआरएनसँग खेलकुदमन्त्रीको आग्रह

नेपालभ्युज

नेपालमा लगानी भित्र्याउन एनआरएनसँग खेलकुदमन्त्रीको आग्रह

काठमाडौं। युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले नेपालमा लगानी भित्र्याउन रुसका गैरआवासीय नेपाली (एनआरएन) लाई आग्रह गरेका छन्।

रसियन सरकारको औपचारिक निमन्त्रणामा रुसको भ्रमणमा रहेका मन्त्री अथकले एनआरएनका पदाधिकारीहरुसँगको छलफलका क्रममा नेपालमा लगानी भित्र्याउन आग्रह गरेका हुन्।

रुस भ्रमणको अन्तिम दिन आज गैरआवासीय नेपाली संघ (एनआरएन) र नेपाली दूतावासले आयोजना गरेको विशेष भेटभाट कार्यक्रममा मन्त्री अथकले आफूले सिकेको सिप तथा लगानी नेपालमा सदुपयोग गर्न अनुरोध गरे। नेपालमा लगानीको वातावरण बन्दै गइरहेको उल्लेख गर्दै देशको आर्थिक विकासका लागि सरकारको साझेदार बन्न उनले आग्रह गरे।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने औपचारिक भ्रमणका लागि गत सोमबार रुस प्रस्थान गरेका मन्त्री अथक असार ३ गते स्वदेश फर्कने कार्यक्रम छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved