बालबालिकाको गुणस्तरीय स्वास्थ्य सेवामा सघाउँदै ‘गणपति वनस्पति’

नेपालभ्युज

बालबालिकाको गुणस्तरीय स्वास्थ्य सेवामा सघाउँदै ‘गणपति वनस्पति’

काठमाडौं। गणपती वनस्पती प्रालिले बालबच्चाहरूका लागि गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले डा. भगवान् कोइरालाको नेतृत्वमा एक संस्थाका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

प्रालिले KATHMANDU INSTITUTE OF CHILD HEALTH का लागि १,११,११,१११ रुपैयाँ (एक करोड एघार लाख एघार हजार एक सय एघार) संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको हो।

३० जेठ सोमबार उक्त इन्टिच्युटद्धारा आयोजित एक कार्यक्रममा अस्पतालका अध्यक्ष डा. भगवान कोइराला, लक्की ग्रुपका अध्यक्ष श्री सतिश कुमार मोर, उपाध्यक्ष श्री श्रवण कुमार मोर तथा श्री राज कुमार मोर, म्यानेजिङ डाइरेक्टर श्री अमित मोर, तथा डाइरेक्टरहरू श्रीमती अनन्ता मोर र श्री राजीव मोरको उपस्थितिमा उक्त चेक हस्तान्तरण गरिएको हो।

गणपती वनस्पती प्रालि २५ वर्षदेखि सञ्चालनमा रही देशको अर्थतन्त्रमा टेवा पुर्‍याउँदै आएको परिचित कम्पनी हो। यस कम्पनीले सञ्चालनका विभिन्न काल खण्डमा स्वदेश तथा विदेशमा विपद् व्यवस्थपान, वैज्ञानिक आविष्कार, विद्यालय, धार्मिक मठ मन्दिर, बाढी पहिरो, विपन्नको उपचार, भौतिक पूर्वाधारका लागि सहयोग गर्दै आएको छ।

स्वर्गीय मुरलीधर अग्रवाल व्यवसायिक जगतको तत्कालीन समयमा चिर-परिचित नाम हो। स्वर्गीय अग्रवालका सन्ततीहरूद्वारा प्रवर्द्धित विभिन्न उद्योग, व्यापार-व्यवसाय, बैकिङ, बिमा, पूर्वाधार विकास लगायतका कम्पनीहरूको नेतृत्व गर्ने गरी लक्की ग्रुपको स्थापना भएको थियो। यसै ग्रुपअन्तर्गतको एक उद्योग हो गणपती वनस्पती प्रालि।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved