गुल्मी। जिल्ला समन्वय समिति गुल्मीको निर्वाचनमा पाँच दलीय गठबन्धनको प्यानल नै विजयी भएको छ।
बुधबार सम्पन्न निर्वाचनमा कूल २४ मत खसेको थियो। जसमा प्रमुखमा कांग्रेसका दोर्ण खत्री, उप–प्रमुखमा नेकपा माओवादी केन्द्रका तेजेन्द्र सलामीसहित आठ सदस्यले समान १५/१५ मत पाएका छन्।
नेकपा एमालेबाट समन्वय प्रमुखमा उम्मेदवारी दिएका युवराज न्यौपाने, उप–प्रमुखमा उम्मेदारी दिएकी रमादेवी पुनसहित ८ सदस्यलाई समान ९/९ मत प्राप्त भएको छ। गठबन्धनको तर्फबाट सदस्य पदको उम्मेदवार महेश्वर भण्डारीको १४ र एमालेको तर्फबाट सदस्यका उम्मेदवार कृष्ण भण्डारीको १० मत आएको छ।
शेर बहादुर विक, सुनिता जिसी कुँवर, शेरबहादुर कुँवर, सावित्रा भण्डारी, वीरबहादुर कार्की र निरमाया राना सदस्यमा विजयी भएको सहायक निर्वाचन अधिकृत राम बहादुर कुँवरले जानकारी दिए।
Facebook Comment
Comment