अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै प्रदर्शन

घाँटीमा मासु पलाएको (ट्युमर) समस्या देखिएपछि टोखास्थित ग्रान्डी अस्पतालमा पुगेकी दुर्गामाया फैजुको निधन भएपछि आफन्तहरूले अस्पताललाई दोष दिएका हुन्।

नेपालभ्युज

अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै प्रदर्शन

काठमाडौं। ग्रान्डी अस्पतालको लापरबाहीका कारण इन्डोस्कोपी गर्दा बिरामीको मृत्यु भएको भन्दै आफन्तहरूले आरोप लगाएका छन्। घाँटीमा मासु पलाएको (ट्युमर) समस्या देखिएपछि टोखास्थित ग्रान्डी अस्पतालमा पुगेकी दुर्गामाया फैजुको निधन भएपछि आफन्तहरूले अस्पताललाई दोष दिएका हुन्।

आफन्तहरूले अहिले अस्पताल परिसर घेराउ गर्दै विरोध गरिरहेका छन्। उनीहरूले शब बुझ्न समेत मानेका छैनन् । अप्रेसनमा संलग्न डा.रवि महत र उनको टिमको लापरबाहीले आमाको मृत्यु भएको छोरी कल्पना श्रेष्ठ फैजुको आरोप छ।

घाँटीमा ट्युमर देखिएपछि नारायणटार बस्दै आएकी ८२ वर्षीय दुर्गामाया २४ जेठमा ग्रान्डी अस्पताल गएकी थिइन्। अस्पतालले घाँटीमा मासु पलाएको हो वा होइन भनेर थाहा पाउनका लागि डाक्टरले इन्डोस्कोपी गर्नुपर्ने बताए। आमाको उमेर बढी भइसकेको भन्दै इन्डोस्कोपी गर्दा खतरा हुनसक्ने भन्दै दुर्गामायाका छोराले मानेनन्।

घाँटीमा मासु पलाएको (ट्युमर) समस्या देखिएपछि टोखास्थित ग्रान्डी अस्पतालमा पुगेकी दुर्गामाया फैजुको निधन भएपछि आफन्तहरूले अस्पताललाई दोष दिएका हुन्।

तर, उपचारमा संलग्न डाक्टरले ‘उमेर बढी भए पनि मिल्ने’ भन्दै इन्डोस्कोपी गरेको मृतककी छोरी कल्पना श्रेष्ठ फैजु बताइन्। उनी भन्छिन्,“पहिला आमालाई अर्को अस्पतालमा देखाएका थियौँ। घाटीमा मासु पलाएको भन्ने थाहा पाएपछि ग्रान्डी अस्पताल लाग्यौँ। अस्पतालले त्यस्तै बतायो। अस्पतालले इन्डोस्कोपी गरिसकेपछि भित्रैबाट पलाएको मासु काटेर नसामा पनि काटेपछि धेरै रगत बगेका कारण मृत्यु भयो।’’

रगत धेरै बगेर नरोकिएपछि एक छिन अस्पतालमा अप्रेसन टिममा खैलाबैला मच्चिएको मृतककी छोरी कल्पना श्रेष्ठ फैजु बताइन्। ‘‘पूर्व तयारीबिना डाक्टरले अप्रेसन गरेछन्। कताकता फोन गरेर केके समान मगाए पनि भेटिएन। रगत नै नरोकिएर दुई पाउन्ट जति रगत बगेको थियो,’’ कल्पनाले भनिन्।

बिरामीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि भेन्टिलेटरमा राखिएको कल्पना श्रेष्ठ फैजु बताइन्। ‘‘आमाको रगत धेरै बगिसकेकाले “अस्पतालले भेन्टिलेटरमा ७२ घण्टा राख्नु पर्छ भन्यो,” उनले भनिन “फेरि ७२ घण्टा पनि कट्यो तर डाक्टरले फेरि स्वास्थ्यमा सुधार आएको छैन भन्दै पुनः ७२ घण्टा भेन्टिलेटरमा राख्नुपर्छ पैसा डिपोजिट गर्नुपर्छ भन्यो। यस्तै गर्दागर्दै नौ दिन बित्यो। आमा पनि बित्नुभयो।”

अस्पतालले भनेअनुसार साँढे तीन लाख जति पैसा डिपोजिट गर्न लगाएको उनले बताइन्। उता ग्रान्डी अस्पताले भने उपचारमा उच्च सतर्कता अपनाउँदा अपनाउँदै पनि घटना भएको बताएको छ। बिरामी बचाउने हर सम्भव प्रयास भए पनि उमेर बढी भएका कारण उनको अप्रेसन सफल नभएको अस्पताल प्रशासनले जनाएको छ। आफ्नो कुनै त्रुटि नभएको र बिरामीकै स्वास्थ्यका कारण मृत्यु भएको अस्पतालको दाबी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved