१८ सयले घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार ८०० रुपैयाँले घटेर ९७ हजार १०० मा आएको छ।

नेपालभ्युज

१८ सयले घट्यो सुनको मूल्य

काठमाडौं। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार ८०० रुपैयाँले घटेर ९७ हजार १०० मा आएको छ।

छापावाल सुन अघिल्लो दिन प्रतितोला ९८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार ४०० रुपैयाँ थियो।

आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँले घटेर एक हजार २४५ कायम भएको महासंघले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved